मनोमानी गर्ने निजि विद्यालय होसियार!

काठमाडौँ–बैशाख २४ । शिक्षा मन्त्रालय, अभिभावक र १३ विद्यार्थी सङ्गठन मिलेर आगामी सोमबारदेखि निजी विद्यालयको शुल्क अनुगमन गर्ने भएका छन् ।
मन्त्रालय र विद्यार्थी सङ्गठनबीचको वार्तापछि सोमबारदेखि संयुक्त रुपमा निजी विद्यालयले लिने शुल्कका बारेमा अनुगमन गरिने सहितको तीन बुँदे सहमति भएको हो । केन्द्रीय अनुगमन समिति शिक्षा विभागका महानिर्देशक खगराज बरालको संयोजकत्वमा गठन गरिएको छ । जिल्ला तहमा उपसचिवको संयोजनमा जिल्लामा अनुगमनमा समिति बनाइने भएको छ ।

मन्त्रालय, विभाग, अभिभावक र विद्यार्थी संगठनका नेता सहितको अनुगमन समितिले प्रभावकारी रुपमा अनुगमन गर्ने र विद्यार्थीको हकहितका लागि काम गर्ने विद्यार्थी नेताहरुले बताएका छन् । यसअघि मन्त्रालयले निजी विद्यालयलाई मनोमानीको छुट दिएको भन्दै विद्यार्थी संगठन आफैले दुई दिन अनुगमन गरेका थिए ।

तपाईको प्रतिक्रिया