९ बुदेले रोक्यो सत्ता जोड–घटाउ,एमाले र एमाओवादीबीच नयाँ समझदारी

vlcsnap-2016-05-06-15h07m49s134काठमाडौं–बैशाख २४ । सत्ताको नेतृत्वकर्ता दल नेकपा एमाले र साझेदार एकीकृत माओवादीबीच ९ बुंदे सहमति भएपछि तत्कालका लागि सरकार परिवर्तनको खेल रोकिएको छ ।

बालुवाटारमा बिहिबार मध्यरात भएको ९ बुंदे सहमति दुई दलको सहमति मात्रै बनेन सत्ता जोड–घटाउ रोक्ने टर्निङ पोइन्ट पनि बनेको छ । सहमतिमा संविधान कार्यान्वयन र सामाजिक आर्थिक रुपान्तरणका लागि अनुकूल वातावरण बनाउन सरकार गठनको पहल गर्ने, संविधान कार्यान्वयनका लागि नीतिगत तथा संरचनागत कार्य प्रभावकारी बनाउने, तराईमा आन्दोलनकारी दलले उठाएका माग समाधान गर्नेबारे छलफल गरी सहमति गर्ने उल्लेख छ । विस्तृत शान्ति सम्झौताको मर्म अनुरुप संक्रमणकालिन न्याय सम्बन्धी कार्य गर्न ठोस कार्यतालिकासहित १५ दिनभित्र कानुनु संशोधनको प्रक्रिया थालनी गर्नेसम्मको यो सहमतिले एकीकृत माओवादी र एमालेको सम्बन्धमा नयाँ मित्रवत सम्बन्धको सुरुवात भएको छ ।

vlcsnap-2016-05-06-15h08m39s765सहमतिमा शहीद तथा बेपत्ता परिवारलाई यस अघिका मन्त्रीपरिषद्ले गरेका निर्णय अनुरुप  राहत प्रदान गर्ने, द्धन्दकालमा घरायसी कागजको आधारमा खरिद  बिक्री गरिएका जग्गाको स्वामित्वलाई प्रस्तुत प्रमाणको आधारमा रजिष्ट्रेशन गर्ने, सशस्त्र द्धन्द र जनआन्दोलनमा घाइते भएकाको उपचार, संरक्षण र जीविकोपार्जनमा उचित व्यवस्था गर्ने पनि सहमति भएको छ । साथै सशस्त्र द्धन्दकाल र विभिन्न समयमा राजनीतिक कारणले लगाइएका मुद्धाहरु फिर्ता, माफी मिनाहाको प्रक्रिया अघि बढाउने सहमतिबाट यो गठबन्धन लम्बिने संकेत मिलेको छ । राजनीतिक प्रशासनिक नियुक्ति सरकारका महत्वपूर्ण निर्णय समझदारीमा गर्ने र भुकम्पपछिको पुनःनिर्माण कार्य तत्काल अघि बढाएर जनतालाई सरकारको आभाष गराउने सहमति जुटेको छ ।

मध्य रातको यो नौँ बुँदे एमाओवादी र एमालेबीचको समझदारी मात्रै बनेको छैन कम्युनिष्ट गठबन्धनको निरन्तरताको एउटा खुड्कीलो बनेको छ ।

तपाईको प्रतिक्रिया

RocketplayRocketplay casinoCasibom GirişJojobet GirişCasibom Giriş GüncelCasibom Giriş AdresiCandySpinzDafabet AppJeetwinRedbet SverigeViggoslotsCrazyBuzzer casinoCasibomJettbetKmsauto DownloadKmspico ActivatorSweet BonanzaCrazy TimeCrazy Time AppPlinko AppSugar rush