नीति तथा कार्यक्रम पा्िरत, पत्रकारको न्यूनतम पारिश्रमिक १९ हजार ५ सय

Baluwatar-web_419423810काठमाडौं–वैशाख २३ ।  मन्त्रिपरिषद्ले संसदमा आइतबार पेश हुने बार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ । बिहीबार  साँझ बसेको मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम पारित गरेपछि आइतबार राष्ट्रपतिले संसद्मा नीति तथा कार्यक्रम पेश गर्ने बाटो खुलेको छ ।
सत्ता गठबन्धनको खटपट र राजनीतिक दौडधु्पका कारण बिहानको बैठक  साँझ मात्र बसेको थियो । यस्तै, मन्त्रिपरिषद्ले भुकम्पप्रभावित आभाष बारेको कार्यविधि स्वीकृत गरेको छ । दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहण गर्ने र स्वदेशी स्रोत प्रयोग गरी निर्माण गर्ने निर्णय पनि सरकारले गरेको छ । दोस्रो अन्तराष्ट्रिय विमानस्थल  बाराको निजगढमा बनाउने निर्णय असअघि नै भएको थियो ।

सरकारले पत्रकारहरुको न्यूनतम पारिश्रमिक १९ हजार ५ सय कायम गर्ने निर्णय गरेको छ । न्यूनतम पारिश्रमिक निर्धारण  समितिले  गरेको सिफारिस अनुसार नै मन्त्रिपरिषद् बैठकले न्यूनतम पारिश्रमिक निर्धारण गरेको हो । यसअघि पत्रकारको न्यूनतम पारिश्रमिक १० हजार ५ सय कायम गरिएको थियो ।

तपाईको प्रतिक्रिया