स्तन क्यान्सर, सुरुमै सचेत बने ठूलो समस्या होइन

Chest-Cancerकाठमाडौं–बैशाख २३ । विकसित देशमा प्रत्येक आठ महिलामध्ये एकमा स्तन क्यान्सर देखिएको छ । तर एसियाली महिलामा प्रत्येक २२ जनामा एक जनामा स्तन क्यान्सरको समस्या भेटिएको छ ।

पछिल्लो समय बदलिँदो जीवनशैली र अस्वस्थकर खानपिनका कारण यो संख्या बढ्ने क्रममा रहेको अनुशन्धानले देखाएको छ । स्तन क्यान्सर कुनै पनि उमेर समूहका महिलालाई हुन सक्छ । तर पनि परिपक्व उमेरका महिलामा यो संभावना बढी हुन्छ । नेपालमा संख्याका हिसाबले स्तन क्यान्सरका कारण मर्ने महिलाको संख्या दोस्रो स्थानमा छ ।
स्तन क्यान्सर समयमै पत्ता लगाएर सहि उपचार गरेका पूर्ण रुपमा निको हुन्छ । सुरुवाती अवस्थामै क्यान्सरको पहिचान भएमा महिलाको स्तनसँगै ज्यान समेत जोखिममा पर्दैन  । यसको उपचार खर्च समेत निकै कम छ । तर चेतनाको कमीका कारण धेरै नेपाली महिला तथा युवती अन्तिम अवस्थामा मात्र अस्पतालमा पुग्दा जोखिम ब्यहोर्न बाध्य छन् ।
प्रारम्भिक अवस्थामा अधिकांश क्यान्सरको उपचार सम्भव हुने भए पनि अस्पताल नै नआउने र आए पनि ढिलो आउने कारणले धेरैलाई बचाउन नसकिएको उपचारमा संलग्न चिकित्सकहरु बताउँछन ।  पछिल्लो समय नेपाली युवतीमा स्तन क्यान्सरको समस्या बढेको पाइएको छ । यसले चिकित्सा क्षेत्रमा पनि चिन्दा र चासो बढाएको छ । युवतीमा देखिने क्यान्सर बढी आक्रामक समेत भएकाले समयमै स्तनको अनिवार्य परीक्षण गर्न चिकित्सकको सुझाब छ । धेरैजसोमा वंशाणुगत कारणले हुने, धेरै कलिलो उमेरमा महिनावारी हुँदा, निकै ढिलो समयमा महिनावारी सुक्दा बढी स्तन क्यान्सर हुने संभावना रहेको बताइन्छ ।

कहिल्यै पनि सन्तान नजन्माएमा तथा कहिले पनि सन्तान नजन्माएका र बच्चालाई स्तनपान नगराउने महिलामा अझ यो रोग लाग्ने सम्भावना बढी हुन्छ । यसैगरी, हर्मोन औषधि धेरै समयसम्म प्रयोग गर्ने महिला, धूमपान, सुर्ती सेवन गर्ने, मदिरापान बढी गर्ने, धेरै मोटो शरीर, व्यायाम नगर्ने महिलामा पनि यो रोग लाग्ने खतरा बढी भएको चिकित्सकहरु बताउछन । स्तनमा कुनै गिर्खा देखिएमा अफ्ठ्यारो महशुस भएमा परिक्षण गर्न चिकित्सकको सल्लाह छ ।

तपाईको प्रतिक्रिया