दोहोरो कर हटाउन ट्याक्टर व्यवसायीको माग

सुनसरी–बैशाख २३ । ट्रयाक्टर व्यवसायीहरुले दोहोरो कर हटाउन सरकाको ध्यानाकर्षण गराएका छन् । सुनसरीमा आयोजित कोशी ट्याक्टर संघको १९औं साधारण सभालाइ सम्बोधन गर्दै व्यवसायीहरुले सरकारले लगाएको दोहोरो करले व्यवसाय नै धरापमा परेको भन्दै हटाउन माग गरेका हुन ।

उनीहरुले  स्वतन्त्र रुपले व्यवासाय सञ्चालन गर्ने संबैधानिक अधिकारको सम्मान गर्दै सहज वातावरण तयार गरिदिन सरोकारवाला पक्षलाई अनुरोध गरेका थिए । ठुलो लगानी गर्दै कृषी र ढुवानीको साधनका रुपमा सेवा पु¥याउदै आए पनि सरकारले व्यवसायीक वातावरण बनाउन नसकेको आरोप उनीहरुको थियो । बताएका हुन् ।

कार्यक्रममा पत्रकारितामार्फत समाजमा सकारात्मक योगदान पुर्याउने सञ्चारकर्मी तथा कला, संगित र साहित्यको विकासमा विशिष्ठ योगदान पुर्याउने व्यत्तिलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया