पुस्तक अभाव अझै यथावत

Text-Bookकाठमाडौं–बैशाख । वैशाखको पहिलो सातादेखि नयाँ शैक्षिक सत्र सुरु भएर पठनपाठन सुरु भएपनि पूर्वी नेपालका अधिकांश विद्यालयमा कक्षा ६ र ७ को पाठ्यपुस्तक पुग्न सकेको छैन
पठन पाठन सुरु हुँदा समेत पुस्तक पुग्न नसकेपछि पूर्वी नेपालका विद्यार्थीहरु मर्कामा परेका छन् । जनक शिक्षा सामग्री केन्द्र सानोठिमीले छपाइ तथा वितरण जिम्मेवारी लिएका कक्षा ६ र ७ का पुस्तकको अभाव अहिले देशका थुपै्र स्थानमा देखिएको छ । कक्षा ६ देखि कक्षा १० सम्मकै पुस्तक केन्द्रमा छपाइ हुँदै आएपनि कक्षा र ६ र ७ को पुस्तकको मात्र अभाव बजारमा छ ।

सामुदायिक विद्यालयमा केन्द्रबाट छपाइ हुने सबै नौ विषय नै पढाइ हुन्छ भने आवासीय विद्यालयमा अङ्ग्रेजी र नेपाली विषयको पढाइ हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया