कतारमा अलपत्र परेका नेपाली नेपाल प्रहरीबाटै उद्धार

काठमाडौं–वैशाख २३ । कतारमा अलपत्र अवस्थामा रहेका एक नेपालीको  नेपाल प्रहरीको पहलमा उद्धार गरिएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको पहलमा रामेछाप खिम्ती–७ घर भएका विष्णु अधिकारी कतारबाट उद्धार भएका हुन ।

गत बर्षको माघमा रोजगारका लागि कतार पुगेका उनी सम्झौता अनुसरको काम र तलब नपाएपछि अलपत्र परेका थिए । कतारमा अलपत्र परेका पतीलाई उद्धार गर्न माग बोकेर अधिकारीकी श्रीमति प्रहरीको सरणमा पुगेपछि अपराध अनुसन्धान महाशाखाले कतार स्थित नेपाली दूतावास लगायतका अन्य सम्बन्धित निकायसँग आवश्यक समन्वय गरेर अधिकारीलाई उद्धार गरेको थियो ।

तपाईको प्रतिक्रिया