एकीकृत माओवादीको एउटा नौटकी

काठमाडौ–बैशाख २३ । नेपाली कांग्रेसका सभापति शेरबहादर देउवाले एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई आगामी सरकारको नेतृत्व गर्न आग्रह गरेपछि एकाएक एमाओवादी पार्टी भित्र सुखियाली छायो । जसको फलस्वरुप स्थायी समिति बैठक नै बसेर आफ्नो पार्टीका अध्यक्षको नेतृत्वमा सहमतिय सरकार गठनका लागि पहल गर्ने निर्णय सहितको विज्ञप्ती एकीकृत माओवादीले सार्वजनिक गऱ्यो । उसले सरकार फेर्नुपर्ने औचित्य बारे शान्ति प्रक्रियाको अल्झन, पुननिर्माणमा भएको ढिलाई, जनजिविकाको सवालमा सरकारको उदासिनता आदीलाई कारण देखाएको थियो । यति मात्रै होइन, कांग्रेसको समर्थन पाउने आश्वसन पाएको एकीकृत माओवादीले साँझपख अन्तिम वार्ता भन्दै एमालेसँग पुगेर सरकार छोड्न आसयसहित सरकार गठनमा सहयोग गर्न भन्यो । पहिलो ठूलो दल नेपाली कांग्रेस र तेश्रो दल एकीकृत नेकपा माओवादीबीच जोडिन लागेको अकस्मातको गठबन्धनले सरकारको दिनगन्तिसँगै सत्ताकको जोड घटाउ गर्न नेता तथा कार्यकर्तालाई बाध्य बनाएको थियो । तर सत्ताको यो अंकगणित २४ घण्टापनि नपुग्दै गलत सावित भएको छ । अर्थात एकीकृत नेकपा माओवादीले तत्काल सरकार नछोड्ने निर्णय गर्दै अहिलेको सरकारलाई नै नीति तथा कार्यक्रम ल्याउन दिने गरि सहमति जनाएको छ । आफैले गठन गरेको ओली सरकार विस्तापन गरेर एकाएक सहमतिय सरकारको नेतृत्व गर्न तयार भएको एकीकृत नेकपा माओवादी गठबन्धन परिवर्तनबाट पछि हटेपछि सरकार फेर्ने कांग्रेस र आन्दोलनरत मधेशी मोर्चाको चाहनामा तत्कालकालागि बिराम लागेको छ । हतारमा निर्णय गर्ने र आफ्नो निर्णयमा अडिक हुन नसक्ने यो निर्णयले एमाओवादीको द्धेद चरित्र स्पष्ट भएको मात्रै छैन, दलप्रतिको राजनीतिक विश्वास गुम्ने खतरा पनि उत्तिकै बढेको छ ।

तपाईको प्रतिक्रिया