गोदावरी क्षेत्रमा पानी ट्यांकर निषेध

focus_vol3_16_w_1370505583ललितपुर–बैशाख २३  । काठमाडौँ उपत्यकाको ३ जलाधार क्षेत्रमध्ये प्रमुख ललितपुर जिल्लाको गोदावरी क्षेत्रमा ट्यांकर प्रवेशमा रोक लागाइएको छ ।

पानीको हराकार भएको बेलामा गोदावरीको पानी भन्दै खोलाको पानी तानेर खानेपानी ट्याङ्करले बेच्दा एतिहासिक , पुरातात्वक तथा सुन्दर ठाउँको  बदनाम भएको र पानीको दोहनबाट स्थानीय कृषि प्रणालीमा असर परेको बन्दै ट्यांकर प्रबेशमा स्थानीयले रोक लगाएका हुन । imagesगैरि गाउका स्थानिय बासिन्दाले बदमास मानसिकताबाट अहिले खोलाको पानी लाइ खानेपानी भनी ब्यापार गर्नेहरु बढेको भन्दै खोलाको पानी बेचेर मानव स्वास्थ्यमा प्रतिकुल असर पार्दै अनुचित मुनाफा लिनेलाई आफ्नो क्षेत्रमा प्रवेश नदिने बताएका छन् ।

13095799_1009247482495506_1812369337587211786_nपानीको हाहाकारका नाममा ग्वालिंन्दहको पानी र पानी बोक्ने ट्यान्कर समेत बन्द गर्न बाद्यय भएको युवा जागरण पर्यावरणीय मञ्चका अध्यक्ष डा. अष्टमान किसि महर्जनले बताउनुभयो । खोलाको पानी र ग्वालिंन्दहको पानी अनाधिकृत रुपमा बिक्रि वितरण गर्नाले गोदावरी क्षेत्रको कृषि क्षेत्रमा प्रतिकुल असर पारेको आरोप स्थानीयको छ ।
घरको धारामा पानी सुक्दा स्थानीयले पिउन नपाउने अवस्था आएको तर ट्यांंकरले गोदावरीको पानी भनी खोलाको पानी अन्यत्र बेचेर मनग्य पैसा कमाउने गरेका कारण प्रतिबन्ध लगाउनुपरेको आरोप स्थानीयले लगाएका छन् ।

तपाईको प्रतिक्रिया