काठमाडौं–बैशाख २३ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपीले देखाएको बाटोमा हिडे मात्र वीपीको सच्चा सम्मान हुने बताउनुभएको छ । विहीबार विहान वीपि चिन्तन प्रतिष्ठानको दोस्रो राष्ट्रिय सम्मेलनको समउद्घाटन कार्यक्रममा बौल्दै नेता सभापति देउवाले यस्तो धारणा राख्नुभएको हो । त्यस्तै उहाँले विपीको विचार अनुसार गाउँ, शहर को केन्द्रिकृत विकासमा ध्यान दिनुपर्ने समेत बताउनुभएको थियो । त्यस्तै, उहाँले देशको विकासका लागि भौतिकपुर्वधारको विकासमा पनि जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रममा राप्रपा नेता डाक्टर प्रकासचन्द्र लोहनीले ६/६ महिनामा सरकार परिर्वतन भए संविधान कार्यन्वयनमा बाधा पुग्ने बताउनुभयो ।