सरकार बनाउने र गिराउने खेल केटाकेटीको भाँडाकुटी जस्तो बन्यो : भट्टराइ

baburam-bhattarai_12काठमाडौ– बैशाख २२ । एकीकृत माओवादीका पूर्व उपाध्यक्ष समेत रहनुभएका नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकार परिवर्तनका नाममा देखापरेको चलखेललाई केटाकेटीको भाँडाकुटी खेलको संज्ञा दिनुभएको छ ।
एकीकृत नेकपा माओवादीबाट आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने औपचारिक निर्णय सार्वजनिक भएपछि डा. भट्टराईले आफ्नो फेसबुक मार्फत नेपालको सरकार बनाउने र गिराउने खेल केटाकेटीको भाँडाकुटी खेल झैं देखिएको टिप्पणी सार्वजनिक गनुभएको हो ।

राजनीतिक शक्ति तथा पावर ब्रोकरहरूको यस्तो पुरानो खेलमा पात्र फेरिएको आरोप सहित डा. भट्टराईले राष्ट्रिय स्वाधीनता र स्वाभिमानलाई गलत ब्याख्या नगर्न नेतृत्वलाई सचेत गराउनुभएको छ । babu

तपाईको प्रतिक्रिया