बैठकमा सांसदहरुले के भने ?

create_thumb.phpकाठमाडौँ–वैशाख २२ । व्यवस्थापिका–संसद्को बैठकमा बोल्दै मधेसवादी दलका सांसदले आफूहरुको जायज मागलाई सरकारले बेवास्था गरेको गुनासो गरेका छन् ।
सभामुखसँग समय लिएर आफ्नो धारणा राखेका मधेसवादी दलका सांसदहरुले वार्ता र सम्बादबाट समस्याको समाधान गर्ने बताएपनि सरकार त्यसतर्फ केन्द्रित नबन्दा  आन्दोलन आफूहरुको बाध्यता बनेको बताएका थिए । सांसदद्वय सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णले तत्काल मधेसवादी, जनजाति, आदिवासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउदै प्रमुख राजनीतिक दल र सरकारका कारण जनताले दुःख पाएको धारणा राखेका राखे ।
सांसद अईन्द्रसुन्दर नेम्बाङले पूर्वाञ्चलका विभिन्न जिल्लामा आगलागीको प्रकोप बढेको र खानेपानी समस्या देखिएको भन्दै तत्काल समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको थियो । सांसद अनुराधा थापामगर, दुर्गा पौडेल, विलनकुमारी राजवंशी, जयदेव जोशी लगायतका सांसदले बसोवासको विकल्प नभएका भूकम्पपीडितलाई सरकारले नै आवास बनाइदिनुपर्ने, महंगी र अभाव कम गर्दै जनजीवन सहज बनाउनुपर्ने आगलागीको समस्या समाधानमा केन्द्रित बन्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

सीमाकुमारी विक र हरिचरण साहले संविधान कार्यान्वयन, भूकम्पपछिको पुनःनिर्माणको काम छिटो गर्न सम्बन्धित पक्षलाई सचेत गराएका थिए । सांसद रामकुमार राईले भूकम्पपीडितलाई विदेशीदाताले दिएको सहयोग सदुपयोग गर्नुपर्ने भन्दै संविधानमा नअटेका कुरा वार्ताबाटै सम्बोधन गराउन आन्दोलनरत पक्षलाई सुझाब दिएका थिए । सांसद कुमार खड्का, जनकराज जोशी लगायतले  पुनःनिर्माणको ढिलासुस्ति हटाउन माग गर्दै दाताले दिएको सहयोग रकम सदुयोग गर्न सुझाव दिए ।
‘यता, एमाले सांसद रवीन्द्र अधिकारीले भूकम्पपीडितलाई राहत दिने, राष्ट्रिय समस्या समाधान गर्न सबै दल मिलेर अगाडि बढ्नुपर्ने समयमा सरकार परिवर्तनको खेल खेल्न थालिएको भन्दै आपत्ति जनाएका थिए । उनले  नाकाबन्दीका कारण उत्पन्न भएका समस्यालाई समाधान गर्न आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्नेमा सरकार परिवर्तन गर्न खोज्नु संविधान कार्यान्वयन हुन नदिनेखेल भएको आरोप लगाउनुभयो।

सांसद नवीन्द्रराज जोशी र श्यामकुमार श्रेष्ठले भूकम्पपीडित जनता अझै खुला आकासमुनि न बाध्य भएको भन्दै सरकारी वेवास्थाको बिरोध गरेका थिए ।

तपाईको प्रतिक्रिया