एमाले सरकार छाडेर आफ्नै नेतृत्वमा सरकार गठन गर्न एमाओवादी अग्रसर

chk_captchaकाठमाडौं–२२ बैशाख । सत्तासझेदार दल एकीकृत नेकपा माओवादीले एमाले नेतृत्वको वर्तमान सरकार छाड्ने संकेत गर्दै कांग्रेससहितका दलसँग मिलेर पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार बनाउने निर्णय गरेको छ ।
‘राष्ट्रिय स्वाधिनता तथा स्वाभिमानको रक्षा, शान्ति प्रक्रियाको बाँकी कार्यभार, राजनीतिक समस्यालाई वार्ताद्वारा समाधान गर्दै संविधान कार्यान्वयन र पुनर्निर्माणको कार्यभार पुरा गर्न राष्ट्रिय सहमतिमा जोड दिँदै एमाले नेतृत्वको वर्तमान सरकारमा सहभागी भएको हो र उक्त कार्यभार सरकारले पुरा गर्न नसकेपछि सरकार परिवर्तन अनिवार्य जस्तै भएको एकीकृत माओवादीबाट जारी भएको विज्ञप्तिमा उल्लेख छ ।
‘पार्टीले बेलाबेलामा यी विषयहरुमा सरकार एवम् एमाले नेतृत्वसँग गम्भीर ध्यानाकर्षण गराएपनि सरकारले परिणाममुखी कार्य नगरेको आरोप एकीकृत माओवादीको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समेत हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन गरी उपरोक्त कार्यभार पुरा गर्न प्रस्ताव सहित सहमति जनाएको स्थितिमा हाम्रो पार्टी, नेकपा एमाले तथा राप्रपा नेपाल, फोरम लोकतान्त्रिक लगायतका सबै पार्टीलाई हाम्रो पार्टीको नेतृत्वमा सरकार गठन गरी साझा कार्यभार पुरा गर्न सहयोग गर्न अपिल गर्दछ, अध्यक्ष दाहालबाट जारी विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्तीको पूर्ण पाठ:

CMPrachanda_PressStatement-073-01-22-1

तपाईको प्रतिक्रिया