रकी माउन्टेनको २ स्वर्ण सहित ६ पदक नेपाली खेलाडीको कब्जामा

एजेन्सी–बैशाख २२ । रकी माउन्टेन च्याम्पियनशिप प्रतियोगितामा अन्र्तगत इन्टरनेशनल मार्शलआर्ट एशोशियसन न्युयोर्कका खेलाडीले २ स्वर्ण सहित ६ पदकमाथी कब्जा जमाएका छन् ।
13148464_10208716686053059_1325521738_oअमेरीकाको कोलोराडो राज्यमा सम्पन्न २१ औं रकी माउन्टेन च्याम्पियनशिप प्रतियोगितामा नेपाली मूलका ४ जना खेलाडीले ६ पदक जितेका हुन् । वरिष्ठ कराते प्रशिक्षक शान्त थोकद्धारा संचालित कराते स्कूल इन्टरनेशनल मार्शलआर्ट एशोशिएसन न्यूयोर्कका पर्खी राई, नेभिन लामा, रोशन प्रधान र फुन्छोक ह्योल्मोले २ स्वर्ण, १ कास्य र ३ रजतको जित दिलाएका हुन् ।

13120591_10208716685933056_1908647647_o३५ वर्ष माथिको एडभान्स डिभिजनको व्यक्तिगत काता तर्फ पर्खी राईले स्वर्ण जितिन् । ११ वर्ष उमेरको नोभिस डिभिजनको व्यक्तिगत कातातर्फ फुन्छोक टासी ह्योल्मोले स्वर्ण र कुमितेमा काश्य पदक जितिन् । नेभिन लामा, रोशन प्रधान र फुन्छोक ह्योल्मोले रजत पदक हात पारे ।
प्रतियोगितामा क्यानाडा, मस्को, पोर्टरिको लगायत अमेरीकाका विभिन्न राज्यवाट ४ सय ५० खेलाडीले सहभागिता जनाएका थिए ।

तपाईको प्रतिक्रिया