तरकारीको भाउ बढ्दा उपभोक्ता मारमा

काठमाडौं–बैशाख २१ । हिउँदमा समेत बर्षा नभई लामो समय जारी रहेको खडेरीले  तरकारी उत्पादनमा कमी आएपछि काठमाडौ उपत्यकाका बजारमा तरकारीको भाउ बढेको छ ।

kalimati-bazarराजधानीका मुख्य तरकारी बजारहरुमा अघिल्लो महिनाको तुलनामा अधिकांश बेमौषमी तरकारीको भाउ आकासिएको छ । मुख्य तरकारीका रुपमा हेरिने काउली, गोलभेडा, भन्टा, मूला, घिउ सिमी, मुला, बन्दागोपी आलु लगायतका तरकारीको मूल्य बृद्धी भएपछि उपभोक्ता बढी मारमा परेका छन् । एक महिना अघि प्रतिकिलो ५० रुपैया हाराहारी रहेको काउली ७० देखि ८० रुपैयाँ, २५ देखि ३० रुपैयाँ प्रतिकिलो रहेको गोलभेडा ४० देखि ५० रुपैयाँ, ५० रुपैया प्रतिकेजी रहेको मूला ७० रुपैयाँ, ७० देखि ८० रुपैयाँ प्रतिकिलो रहेको खुर्सानी १ सय १० रुपैयाँमा कारोबार भएको ब्यापारीहरु बताउँछन ।

Tarkariबर्षा नभएका कारण  तरकारी उत्पादन घट्दा मूल्य बढेको उनीहरु बताउँछन ।
हुनत, काठमाडौमा नेपाली उत्पादन भन्दा बढी भारतीय बजारबाट तरकारी आयात हुँदै आएको छ । यसबर्षको हिउदमा भारतमा समेत बर्षा नभएका कारण तरकारी आयातमा कमी आएको कालीमाटी फलफूल तथा तरकारी बजार बजार व्यवस्थापनको दाबी छ ।  बोडी, तितेकरेला, गाजर, प्याज लगायतका तरकारीको मूल्यमा भने खासै ठूलो अन्तर देखिएको छैन ।थोक बजारमा सस्तो पर्ने तरकारी खुद्रा ब्यापारीले बढी मुनाफा राखेर बेच्दा उपभोक्ताले महंगो मूल्य तिर्नुपरेको थोक बिक्रेताहरु बताउछन् ।
अहिले राजधानीमा दैनिक लगभग ६ सय ५० मेट्रिक टन तरकारीको माग छ । झन्डै ५ सय ५० टन तरकारी आयात भइरहेको र स्थानीय तरकारीको पनि बजारमा सानो हिस्सा भएकाले तरकारी अभावको भने राजधानीवासिले सामना गर्नु परेको छैन । तर मूल्यमा भने उपभोक्तको गुनासो रहँदै आएको छ ।

Published On:  571पटक हेरिएको

तपाईको प्रतिक्रिया