कांग्रेसले संसद्मा जनजीविका र सरकारका कमजोरी बारे आवाज उठाउने

काठमाडौँ–वैशाख २१ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारको असफलता र जनताले भोग्नुपरेका दुःख कष्टलाई संसद्मा छलफलको एजेण्डा बनाउने भएको छ ।

g]sf ;+;bLo bnsf] a}7s  Joj:yflksf–;+;b ejgdf ;f]daf/ a;]sf] g]kfnL sfFu|]; ;+;bLo bnsf] a}7sdf ;xefuL g]tfx? . tl:a/M eLid/fh cf]emf, /f;;

व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा मंगलबार बसेको काँग्रेस संसदीय दलको बैठकले संसद्मा सरकार परिवर्तनभन्दा जनताको समस्याका बारेमा केन्द्रित हुने निर्णय गरेको हो । सत्तामा रहेका अन्य दल पनि सरकारका कामकारबाहीबाट सन्तुष्ट नभएको  निष्कर्ष निकालेको कांग्रेसले जनचाहनानुसार काम नगर्ने सरकारको विकल्प खोज्न कांग्रेस तयार रहेको पनि बताएको छ ।
भूकम्पपीडितका लागि विनियोजन भएको रकमको सदुपयोग हुन नसकेको भन्दै कांग्रेसले वर्षाको समयमा भूकम्पपीडितलाई पालबाट बासमा ल्याउनेगरि युद्धस्तरमा पुनःनिर्माणको काम गर्न सरकारलाई सचेत गराएको छ । यस्तै, बैठकले मधेसकेन्द्रित दलसँग अविलम्ब वार्ता गरी संविधान कार्यान्वयनमा भुमिका खेल्न कांग्रेस आफैले अग्रसरता लिने निस्कर्ष निकालेको छ । सहज अवस्थामा समेत विद्यमान रहेको खाद्य सामग्री र इन्धनको कृत्रिम अभाव नियन्त्रण गर्न सरकारसँग कांग्रेसको माग छ ।
यस्तै, देशभर देखिएको खडेरी र डढेलोबाट भएको मानवीय र भौतिक क्षति प्रति दुःख व्यक्त गर्दै डढेलो नियन्त्रण गर्दै पीडितलाई राहत दिन सरकारसँग माग गरेको छ । संसद्को बर्खेे अधिवेशन मङ्गलबारदेखि सुरु भएको छ ।

तपाईको प्रतिक्रिया