विश्व प्रेस स्वतन्त्रता दिवस, विभिन्न कार्यक्रम गरि मनाइँदै

काठमाडौं–बैशाख २१ । विश्व प्रेस स्वतन्त्रता दिवस, मंगलबार सूचनामा नागरिकको पहुँच मौलिक हकको प्रत्याभूति भन्ने नारा सहित यो दिवस मनाईंदै छ ।
विश्वका एक सय भन्दा धेरै राष्ट्रले हरेक वर्षको मे ३ तारिखलाई विश्व प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाउने गरेका छन् । अधिकांश यस्ता दिवसले संवन्धित क्षेत्रमा कार्यरत कर्मचारिको हक हितको आवाज उठाएपनि दिवसको प्रभावकारितामा प्रश्न उठ्दै आाएको छ । हुनत, नेपालको संविधानले प्रेस स्वतन्त्रतालाई संवैधानिक रुपमा नै सुनिश्चित गरेको छ । तर संवैधानिक रुपमा प्रत्याभूत गरे पनि पूर्ण रुपमा अनुभूति हुन नसकेको गुनासो आम पत्रकारहरुको छ ।

पत्रकारहरुले सञ्चारसंस्थाको आदेश पालक बन्नुपरेको, समयमा पारिश्रमिक नपाएको, सरकारले तोकेको न्यूनतम तलब समेत नपाएको भन्दै गुनासो गरिरहँदा हुने यस्ता दिवसको औचित्य र आवश्यकतामा नै प्रश्न उठ्ने गरेको छ । दिवसका अवशरमा स्वतन्त्रता हुनेखाने अर्थात साहुँका लागि मात्रै हुने अवस्थाको अन्त्य गर्दै स्वतन्त्रताको अनुभुति श्रमजीवि पत्रकारले गर्न पाउनुपर्ने माग अधिकांश सञ्चारकर्मीहरु उठाएका छन् ।

तपाईको प्रतिक्रिया