५ मिनेट बसेर संसद बैठक स्थगित, अर्को बैठक बुधवार ११ बजे

create_thumb.phpकाठमाडौं–बैशाख २१ । ब्यवस्थापिका–संसदको आजको बैठक राष्ट्रपति विद्या भण्डारीले पठाएको पत्र पढेर भोलि बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

निर्धारित समयमा अर्थात बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकमा राष्ट्रपति कार्यालयबाट संसद्को दोस्रो अधिवेशन आह्वान सम्बन्धी पत्र सभामुखले वाचन गर्नुभएको थियो । यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त अर्को पत्र पढेर सुनाइसकेपछि बैठक भोली ११ बजे बस्नेगरि स्थगित भएको हो । व्यवस्थापिका–संसद् कार्यसञ्चालनसम्बन्धी नियमावली मा दलबीच सहमति भइनसकेका कारण अन्य कार्यसूचीमा बैठकले प्रवेश नगरेर संसद सचिवालयले जनाएको छ ।

बर्खे अधिवेशनका रुपमा बोलाइएको संसदको यो अधिवेशनमा संविधान कार्यान्वयनमा आवश्यक पर्ने ऐनकानुन बनाउने,  संसदमा दर्ता भएका अन्य ४० विधेयक माथीको छलफल र बिशेषगरि आव ०७३/७४ को सरकारका नीति तथा कार्यक्रम र पूर्वबजेटमाथि प्रारम्भिक छलफल हुनेछ । जसअनुसार, वैशाख २२ र २३ गते भूकम्पपछिको पुनःनिर्माण तथा डढेलो लगायत समसामयिक विषय माथी, वैशाख २४ र २५ गते पूर्वबजेटमाथि छलफल हुने कार्यतालिका छ । वैशाख २६ गते सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति मार्फत सदनमा प्रस्तुत गर्ने बारे दलबीच सहमति जुटेको दाबी संसद् सचिवालयको छ ।
संविधानमा व्यवस्था भए अनुसार अर्थमन्त्रीले आगामी जेठ १५ गते मुलुकको आर्थिक सर्भेक्षण र आगामी आवको आयव्यय (बजेट) प्रस्तुत गर्नेछन् । संसद्को पहिलो अधिवेशन नेपालको संविधान, २०७२ जारी गरेपछि फागुन ५ गते अन्त्य भएको थियो । संविधानको कार्यान्वयन गर्ने सन्दर्भमा पहिलो अधिवेशनले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र उपसभामुखको चयन निर्वाचनका माध्यमबाट गरेको थियो । संसद्को यो अधिवेशनले

तपाईको प्रतिक्रिया