राष्ट्रिय विकास परिषद्को बैठक आगामी जेठ २ र ३ गते

काठमाडौं–बैशाख २० । राष्ट्रिय विकास परिषद्को बैठक आगामी जेठ २ र ३ गते बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको राष्ट्रिय योजना आयोगको पूर्ण बैठकले राष्ट्रिय परिषद्को बैठक आगामी जेठ २ र ३ गते बोलाउने निर्णय गरेको हो । बैठकमा त्रि–वर्षीय योजनाको मस्यौदामाथी छलफल हुने र विज्ञहरुको समेत राय समेटेर पूर्ण मस्यौदा निर्माण गरिने छ ।

तपाईको प्रतिक्रिया