कुवेत–बैशाख १९ लागू औषध र जाँड रक्सीको कारोवार गरेको अभियोगमा कुवेतमा ८ नेपालीसहित २५ जना पक्राउ परेका छन् ।
प्रहरीबाट पक्राउ पर्नेमा नेपालीसँगै इजिप्ट, भारत, जोर्डन, श्रीलंका, बंगलादेश, प्यालेस्टायन र फिलिपिन्सका नागरिक रहेका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले स्थानीय प्रहरीलाई उद्यृत गर्दै जनाए अनुसार पक्राउ पर्ने अभियुक्तहरुले गाँजा तथा भाङको कारोवार गरेको भेटिएको छ ।
यसअघि, कुबेती प्रहरीबाटै अप्रिल २९ तारिखमा घरैमा बनाएको जाँड रक्सी बेचेको आरोपमा ६ जना नेपाली पक्राउ परेका थिए । पक्राउ पर्नेमा ३ महिला जना महिला रहेको बताइएको छ । घरमा बनाएको जाँड रक्सी सहित उनीहरुलाई पक्राउ गरिएको स्थानीय प्रहरीले जनाएको छ ।
अभियुक्त उपर आवश्यक छानविन भइरहेको र अनुसन्धान प्रक्रिया पश्चात सार्वजनिक गर्ने भन्दै प्रहरीले पूर्ण विवरण सार्वजनिक भने गरेको छैन ।