काठमाडौँ– वैशाख १८ । विभिन्न मधेसकेन्द्रित दलका नेताहरुले सरकारसँग आफूहरुले परिणाममुखी वार्ता चाहेको बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको कार्यक्रममा सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सरकारसँग मधेसी मोर्चाले परिणममुखी र उपलब्धिमूलक वार्ता चाहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले मोर्चालाई वार्तामा बोलाउने तर अल्झाउने काम गरेको छ, हामी निर्णायक वार्ता चाहन्छौँ ।”

नेता कर्णले मोर्चाले यही वैशाख १५ गतेदेखि दोस्रो चरणको आन्दोलन थालेको र सरकारले यसको सुनुवाइ नगरे देशभर आन्दोलनलाई चर्काइने चेतावनी दिनुभयो ।उहाँले कमल थापाको संयोजकत्वको उच्चस्तरीय राजनीतिक समितिमा केपी शर्मा ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवा गए मधेस केन्द्रित दल पनि जाने स्पष्ट पार्नुभयो ।

सङ्घीय समाजवादी फोरम नेपालका नेता शिवजी यादवले सरकार भूकम्पको पुनःनिर्माणदेखि सरकार सञ्चालनमा असफल भएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, “भूकम्पपीडित जनताका लागि जुटाइएको पैसा हिनामिना गर्न सर्वदलीय बैठक बोलाएर सरकारले नाटक गरेको छ ।

Published On:  78पटक हेरिएको

तपाईको प्रतिक्रिया