७० रोपनीमा घाँस खेती, २ महिनामा २२ लाख आम्दानी

तनहुँ–बैशाख १८ ।  १९ वर्षदेखि घाँस खेती गर्दै आएका तनहुँ जामुने–२ तल्लो गुणादीका बामदेव खनालले दुई महिनामा घाँस विक्रीबाट २२ लाखको आम्दानी गरेका छन् ।

खनालले गत वर्षको असार र श्रावणमा घाँस विक्री गरेर २२ लाख आम्दानी गरेकोमा यो बर्ष सो भन्दा बढी आम्दानी गर्ने बताएका छन् । खासगरि असार र श्रावण घाँस विक्रीका लागि उपयुक्त समयका रुपमा लिइन्छ । घाँस खेतीबाट राम्रो कमाई गर्न सकिन्छ भन्ने उदाहरण बनेका खनाल अहिले घाँस खेती लाई नै आफ्नो व्यवसाय बनाइरहेका छन् ।  २०५४ सालमा घाँस खेती सम्बन्धी तालिम लिएर व्यवसाय थालेको उनी बताउँछन ।
घाँस खरिदका लागि विभिन्न संघ संस्था तथा कृषकहरुको अग्रिम अर्डर आउने खनालले बताए । यो वर्षका लागि रामपुर गाई फार्म, नेपाल एकीकृत ग्रामीण विकास केन्द्र लगायतका संस्थाहरुले घाँसको अग्रीम अर्डर गरिसकेको उनी बताउँछन । पहिल्यै अर्डर नगरे घाँस नपाइन पनि सक्छ–खनाल भन्छन ।
थोरै क्षेत्रफलमा रहेको खेत र बारीको अन्नबालीले दुई महिना पनि खान नपुग्ने बाध्यताबाट खनालले घाँस खेती सुरु गरेको भन्दै सुरुका दिनमा ३ वटा राइखनियो र बडहरको विरुवा लगाएर २०५४ सालदेखि घाँस खेती सुरु गरेको खनालले सुनाए । अहिले ७० रोपनी क्षेत्रफलमा घाँस खेती गरिरहेका उनको ३५ रोपनी जग्गा भाडाको र बाँकी नीजि जग्गा छ ।
घाँस बिक्रिबाट भएको आम्दनीले उत्साहित भएका खनालले अहिले थुप्रै जातका घाँसहरु संग्रह गरेका छन् । तनहुँ जिल्ला बाहेक कास्की, गोरखा, लमजुङ, चितवन लगायतका ठाउँहरुमा घाँस विक्री गर्दै आएका खनाल वदामे, राईखनियो, ईपिल ईपिल, किम्वु, मठ, ज्वाईन्ट भेज, सिओ थ्रि, ग्वाटेमाला, सोम्वा सेटेरिया, पास पलम, मलातो, टाँकी, जै, भट्टमास लगायतको घाँस खेती बढी उपयोगी हुने गरेको बताउँछन ।

तपाईको प्रतिक्रिया

RocketplayRocketplay casinoCasibom GirişJojobet GirişCasibom Giriş GüncelCasibom Giriş AdresiCandySpinzDafabet AppJeetwinRedbet SverigeViggoslotsCrazyBuzzer casinoCasibomJettbetKmsauto DownloadKmspico ActivatorSweet BonanzaCrazy TimeCrazy Time AppPlinko AppSugar rush