गुण्डाको जालो पछ्याउँदै प्रहरी, निशानामा को ?

pestol-goli-prahar4काठमाडौं–बैशाख । दिनेश अधिकारी चरी र कुमार श्रेष्ठ घैंटेको इन्काउन्टरपछि एकाएक सेलाएको राजधानीको गुण्डागर्दी फेरी सल्बनाउन थालेको छ । चरिपछि  घैटेको इन्काउन्टरको पालो आउनुमा पनि यहि कारण थियो । शान्त बनेको काठमाडौं फेरी गुण्डाराजका कारण सल्बलाएपछि चरी इन्काउन्टरबाट शान्त बसेको  प्रहरीले घैंटेलाई निशाना बनाउनुपरेको थियो । घैंटेपछि अब को त भन्ने चर्चा प्रहरी र गुण्डाहरुबीच चलिरहेको अहिलेको अवस्थामा प्रहरीले एकपछि अर्को गर्दै गुण्डाहरु  समातेर उनीहरुको शक्ति अर्थात नाडी छाम्न थालेको छ ।
यहि क्रममा सबैभन्दा पहिला जावलाखेल बसेर कालिमाटी एरियामा गुण्डागर्दी गर्दै आएका हेटौडाका विश्वक्रान्ति प्रहरीको नजरमा परे । उनी अझै प्रहरी हिरासतमै छन् । विश्वक्रान्तिसँगको हतियार लाइसेन्ससहितको भएपनि उनी हिरासतमुक्त भएका छैनन । हुँनत अर्का एक्जना गुण्डा लाइसेन्ससहितको हतियार बोकी हिडेको अवस्थामा पक्राउ परि एक दिन मात्र प्रहरी चौकी बसेर निस्किएका थिए । उनी अहिले आफ्नो निसाना सुरु भएको भन्दै आत्तिएर कतार पुगेका छन् ।900052_Kaji Sherpa
एकैदिन मात्र हिरासत बसेर निस्किन पाउने भाग्यमानी गुण्डा नाइके हुन, काजी शेर्पा । बौद्धमा सि माला हत्या काण्डमा काजी पक्राउ परे । उनी बिरुद्ध हतियार देखाई धम्काएर पैसा असुल्ने आरोप सहितको उजूर्ी परेपनि एक दिनमात्रै बसेर महानगरीय प्रहरी बृत्तबाट छुटेका थिए । उनले विभिन्न शक्तिकेन्द्रमा फोन घुमाएपछि बौद्ध प्रहरी प्रमुख नरहरी रेग्मी छोड्न बाध्य भएका थिए ।

सोलुखुम्वु घर भएका यी आङ काजी शेर्पाको अपराधकर्मको नक्कली डलरबाट सुरु भएको बताइन्छ । माथि र मुनि डलर  विचमा कागज राखेर ठगी र तस्करी गर्दैगर्दा ५ पटकसम्म पक्राउ परेका काजी काठमाडौं आएपछि गुण्डागर्दीमा संलग्न भए । शुरुमा ठमेल किचन रेष्टुरेन्ट खोलेर ठमेल छिरेका काजी त्यस क्षेत्रका डन दीपक मनाङेसँगको संगतबाट गुण्डागर्दीमा लागे । हक्की र बाठो स्वभावका कारण काजी छोटो समयमा नै मनाङेको विश्वास जित्न सफल भए तर काजी मनाङेसँग धेरै समय टिकाएन । त्यसपछि उनी महाराजगंज क्षेत्रका डन चक्रे मिलनको शरणमा पुगे । गुण्डागर्दीमा त यसै जमिसकेका थिए, महाराजगंज पुगेपछि काजी ठेक्कपट्टामा पनि सक्रिय भए । गुण्डागर्दीको आडमा ठेक्कापट्टा शुरु भएपछि उनी छोटो समयमा नै ए ग्रेडको ठेकेदार बने ।
सानोतिनो ठेक्काबाट शुरु गरेका काजी नेपाली सेनाको रासन तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको पोशाकको ठेक्कामा समेत संलग्न भए । सुरक्षा निकायकै ए ग्रेडको ठेकेदारलाई प्रहरीले एकाएक समाएपछि काजी अत्तालिनु स्वभाविकै पनि हो ।  घैंटे र चरीपछि को भन्ने चर्चा चलिरहेका बेला पक्राउ परेका काजीले सम्पूर्ण शक्ति लगाएर जेल मुक्त त भए तर मनको डरले उनलाई छाडेन । अन्तत मलेसिया हुँदै कतारमा पुगेका छन् । नेपालमा सहज अवस्था नहुँदासम्म फिर्ता नआउने योजनामा छन उनी । प्रहरीलाई १२ वर्षसम्म चुनौती दिएको रानीवारी हत्याकाण्ड, रक्तचन्दन, दरवारमार्ग प्रहरीलाई अंगभङ हुनेगरी भएको कुटपिटमा काजीको नाम जोडिएको छ । उनी स्वयम पनि युवा जोसका कारण रगत तात्ने समयमा सानोतिनो गल्ति भएको भन्दै पुराना अपराधकर्म सम्झन नचाहेको बताउँछन ।
स्रोतका अनुसार ठेक्कापट्टाको कमाइबाटै केही अपराधसम्वन्धि समाचार लेख्ने पत्रकारलाई प्रभावमा पार्न सफल काजीले प्रहरीको रेर्कडबाट हटाउन सफल भएका थिए । पत्रकार मार्फत काठमाडौं प्रहरी प्रमुखमा ढकबहादुर कार्की रहेका बेला उनको विभिन्न अभियोगले उन्मुक्ति पाएको स्रोतको दाबी छ । कार्कीले समेत १८ लाख  नजराना लिएर अभियोग मेटाएको बताइन्छ । तत्कालिन कागे्रस सरकारका गृहमन्त्री कृष्ण सिटौलाको नाममा १० लाख रुपैया कार्कीले लिएको काजी निकट रहेका उनका साथीहरु नै बताउँछन ।  हुनत, गुण्डाबाट ठेकेदार बनेका काजीलाई प्रहरी नायव उपरिक्षक राजकुमार सिल्वालले घरमै पुगेर फर्किएपछि १० दिनसम्म हनुमानढोकामा राखेका थिए । पछि पनि उनी निकट पत्रकारकै जोडबलमा रिहा भएका थिए ।
प्रहरीले काजीभन्दा पहिला सितापाइला क्षेत्रका समिरलाई आँखा गाडेपनि प्रहरी नायव उपरिक्षक कुमुद ढुंगेलको नातेदार भएका कारण समिर निसानामुक्त भए । यस्तै, दोश्रो नजरमा परेका काभ्रेका दावा सुशिल कोइरालाको आदेशमा निशाना मुक्त भए । हुन त प्रहरी स्रोतका अनुसर चरी इन्काउन्टर पुर्व नै सुजन पौडेल उर्फ रमेश बाहुन  इन्काउन्टरको निशानामा थिए । तर बाहुन पक्राउ परेको सुचना चुहिएपछि बाहुनको योजना तुहिएको थियो । बाहुन उक्त समयमा संचारमन्त्री रहेका माधव पौडेलका भतिजा भएका कारण नयाँ जीवन पाउन सफल भएका थिए । घैंटेकै पार्टनर साजन महर्जन माफ मागेर जिन्दगीभर गुण्डागर्दी गर्दिन भनेपछि रिहा भएका अर्का पात्र हुन ।

बाघे
बाघे

बालाजु क्षेत्रका बाघे पनि प्रहरीको नजरमा छन् । गुण्डा नाइकेको नाडी छाम्ने काम जारी राखेको प्रहरी निशानाबाट चरी र घैंटेको नियति कस्ले भोग्ला ? यो भने प्रतिक्षाको विषय बनेको छ ।

 

तपाईको प्रतिक्रिया