आइतबार दिनको ३ बजे अरुणोदया एकेडेमी जाऔँ, बालप्रतिभा जिग्मे छ्योकीसँग रमाऔँ

jigme2काठमाडौं–बैशाख १८ । संगीतका पारखीहरुले बारम्बार सुन्ने सयौं कर्णप्रीय गीतहरु मध्येको एउटा गीत होे  “तिम्ले बाटो फेरेउ अरे” बोलका गीत । यसमा पनि किड् भर्सनमा रहेको गीत संगीतप्रेमिको पहिलो रोजाईमा छ । सार्वजनिक सञ्जालमा भइरल बनेको यो गीत अहिले युवायुवती, बुढापाका सबैले गुन्गुनाउछन पनि ।

लाखौं संगीतप्रेमिले मन पराएको यो गीत गाउने गायीका भेट्ने रहर संगीतका पारखी जो कोहीमा हुनसक्छ, यो स्वभाविक पनि हो । यी बालगायिका, गायन प्रतिभाकी धनि जिग्मे छ्योकी घिसिङ आइतबार तपाई हामी माझ सार्वजनिक हुँदै छिन, त्यो पनि आफ्नो गायन कलाका साथमा । उनको बाल प्रतिभा हेर्न र सुन्न चाहनेहरुका लागि कन्सर्टको अवशर जुराइदिएको छ, सुरताल इभेन्ट मेनेजमेन्टले । हो तपाई पनि उनको प्रतिभाबाट मोहित हुनुहुन्छ भने यो अबशर नछुटाउनुहोस ।

jigmeआइतबार दिनको ३ बजेबाट जिग्मे छ्योकी अध्ययनरत रुणोदया एकेडेमी स्वयम्भु भगवानपाउ–१५ काठमाडौंमा बिशेष कन्सर्ट आयोजना हुँदै छ । जहाँ छोटो समयमै तपाई हाम्रो रोजाईमा पर्न सफल बाल गायिका जिग्मे छ्योकी घिसिङ र सुरताल सिजन–२ मा उत्कृष्ठ हुन सफल गायक गायिकाहरुको बेजोड प्रस्थुती रहने छ । कमल खत्री, योगेशकाजी, सुनील आरडी, ममता अधिकारी र सन्तोष बस्यालको सांगितिक प्रस्तुति रहने उक्त कार्यक्रमले पक्कै पनि संगीतका पारखीलाई मनोरञ्जन प्रधान गर्नेछ ।

तपाई हाम्रो सहभागिता गीत संगित प्रतिको माया, ममता र सम्मान पनि हो । आइतबार स्वयम्भुस्थित अरुणोदया एकेडेमी जाऔँ, उनै तपाई हाम्रो मन मुटुमा बस्न सफल गायन प्रतिभाकी धनि जिग्मे छ्योकी घिसिङको साथमा नाचगान गरौँ ।

 

तपाईको प्रतिक्रिया