ग्यास कोटा बढ्यो, अभाव कम हुने

gas-bulletकाठमाडौं–वैशाख १७ । इन्डियन आयल कर्पोरेशन (आईओसीले) नेपालमा पठाउदै आएको ग्याँसको कोटा वृद्धि गरेको छ ।
आईओसीले नेपाल आयल निगमको नयाँ माग सिलिङलाई ध्यानमा राख्दै  २९ हजार ४१६ मेट्रिकटन मासिक कोटाबाट बढाएर ३७ हजार मेट्रिकटन पुर्याएको हो । नेपाल आयल निगम र आइओसीबीच भारतमा भएको वार्तामा ग्यासको कोटा बढाउने बारे दुबै पक्षबीच सहमति भएको थियो । नयाँ व्यवस्था अनुसार नेपालले बैरीनिबाट १३ हजार, हल्दियाबाट १७ हजार र मधुराबाट ७ हजार मेट्रिकटन ग्यास आयत गर्न पाउनेछ ।
भूकम्प र नाकाबन्दीपछि सबैभन्दा महिनामा ३० हजार मेट्रिकटनसम्म ग्यास आयात भएको थियो । यो कोटा बृद्धिले ग्यासको अभाव र उपभोक्तको हैरानी केहि कम हुँने अपेक्षा नेपाल आयल निगमको छ ।

तपाईको प्रतिक्रिया