काठमाडौं–वैशाख १६ । सर्वोच्च अदालतले वरिष्ठ पत्रकार समेत रहेका साझा यातायातका अध्यक्ष कनककणि दीक्षितलाई बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।
दीक्षित पत्नी शान्ताले दायर गरेको प्रत्यक्षीकरण रिटमा अन्तिम सुनुवाइएका लागि भन्दै कामु प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले बन्दीसहित सोमबार उपस्थित गराउन आदेश दिएको हो । रिट निवेदकको पक्षमा वरिष्ठ अधिवक्ता शम्भु थापा, हरिहर दाहाल, सतिशकृष्ण खरेल सहित अभिवक्ताहरु टिकाराम भट्टराई, दीनमणि पोखरेल, ओमप्रकाश अर्याल लगायतले बहस पैरबी गरेका थिए ।
अख्तियारले अकुत सम्पत्ति कमाएको आरोपमा दीक्षितलाई पक्राउ गरि छनविन गरिरहेको छ ।