राष्ट्र संघका एसिया क्षेत्रका राजनीतिक निर्देशक र प्रचण्डबीच भेटवार्ता

un_cm_meetकाठमाडौं–बैशाख १६ । संयुक्त राष्ट्र संघका एसिया तथा प्रशान्त क्षेत्र राजनीतिक विभागका निर्देशक सुविनय नन्दीले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ ।
बिहिबार भएको भेटमा  नेपालको वर्तमान परिस्थिति, शान्ति प्रक्रिया, संविधिान कार्यान्वयन, पूनर्निर्माण बारे छलफल भएको थियो । छलफलमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठनपछिको काम कारबाही बारे  छलफल भएको बताइएको छ ।  नेपालको शान्ति प्रक्रियालाई पुरा गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता निर्देशक नन्दी जनाएको स्रोतको दाबी छ ।

जवाफमा अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग मार्फत पुरा गर्ने प्रक्रिया सुरु भएको भन्दै राष्ट्र संघले आवश्यक सहयोगको अपेक्षा गर्नुभएको बताइएको छ ।

 

तपाईको प्रतिक्रिया