नुवाकोट–बैशाख १६ । नुवाकोटको काहुलेमा जन्मदिनको भोज खादा एक जनाको ज्यान गएको छ भने अन्य थुप्रै गाउँले बिरामी परेका छन् ।
काहुले–६ का सन्तबहादुर तामाङको छोराको जन्मदिनको भोज खाँदा बिरामी भएका मध्ये काहुले–८ का ३० वर्षीय मेघबहादुर तामाङको उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको हो । अन्य ४९ जना गाउँले बिरामी छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी निरीक्षक जितेन्द्र बस्नेतका अनुसार मङ्गलबार साँझ भोज खाएका गाउँले बुधबार बिहानदेखि बिरामी पर्न थालेका हुन् ।बिरामीलाई बुधबार राति नै उपचारका लागि सदरमुकामका अस्पतालमा ल्याइएको थियो । अहिले त्रिशूली जिल्ला अस्पतालमा ३८ र नुवाकोट सिटी अस्पतालमा ११ जनाको उपचार भइरहेको छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको अस्पतालले जाकारि दिएको छ ।
भोजमा दाल, भात, तरकारी, कुखुरा, राँगोको मासुसँगै रक्सी सेवन गरेको पाइएको र बचेको परिकार परीक्षणका लागि सदरमुकाम ल्याइएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।