यूएई–बैशाख । सुदूर पश्चिम सेवा समाज यूएईले ब्रेन ट्यूमर रोगबाट पीडित बालकलाई आर्थिक सहयोग गरेको छ ।
सुदूर पश्चिम सेवा समाज यूएईले बैतडी जिल्ला तल्लो स्वराड उदयदेब ९ का १५ वर्षिय छोरा पुष्कर सिह ठकुराठीको उपचारका लागि भन्दै एक लाख एकतालिस हजार पाच सय साठी रुपैया आर्थिक सहयोग गरेको हो । आर्थिक अवस्था एकदमै कमजोर भएका ठकुराठी गत १ बर्ष देखि टाउको दुख्ने बिरामले ग्रस्त भएको र गाउमै जडिबुटी र धामी झाँक्रीबाट उपचार गराउदा समस्या देखिएको थियो ।
तीन महिना पहिले भारतको उत्तर प्रदेश बरेलीमा डाक्टरलाई चेकजाच गराउदा ब्रेन ट्यूमर भएको पत्ता लागेपछि परिवारका सदस्य उपचार खर्च नपाएर समस्यामा थिए । डाक्टरले जति सक्दो छिटो उपचार गराउनु पर्ने र उपचारका लागि करिब ३ लाख रुपैयाँ खर्च जुटाउन सल्लाह दिएको यो अवस्थामा दाताको यो सहयोगले बुबाआमामा छोरा सञ्चो हुने आसा पलाएको छ ।
बिदामा घर आएका बेला सुदूर पश्चिम सेवा समाज यूएईका केन्द्रिय सदस्य मोहन सिंह ठकुराठीले बिरामीलाई भेटी यूएई फर्केपछि सहयोगका लागि अपिल गरेका थिए । सहयोग रकम पाएपछि पीडित बालकका बुवा बलबिर सिंह ठकुराठी खुःशी भएका छन् ।