एएफसी अन्डर–१४ मा नेपालको खराब सुरुवात

vlcsnap-2016-04-27-19h42m15s617काठमाडौं–बैशाख १५ । नेपाल एएफसी अन्डर–१४ रिजनल गल्र्स च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो खेलमा पराजित भएको छ ।
काजिकिस्तानको अभिएटोर रंगशालामा बुधबार भएको खेलमा नेपाल भारतसंग ९–० को फराकिलो गोलअन्तरले पराजित भएको हो । पराजित भएसंगै नेपाल सेमिफाइनलमा पुग्ने सम्भावना न्यून बनेको छ । नेपालले पहिलो हाफमा आठ गोल खाएको थियो भने दोस्रो हाफमा नेपालमाथी फेरी भारतले थप एक गोल थप्यो । साविक उपविजेता रहेको नेपाल समूह बी मा छ ।

नेपालले साविक विजेता बंगलादेशसंग अप्रिल २८ गते खेल्दै छ । समूह ए मा आयोजक काजिकिस्तानसहित किर्गिस्तान, भुटान र इरान रहेका छन् ।

Published On:  520पटक हेरिएको

तपाईको प्रतिक्रिया