सुरक्षा र स्वास्थ्यमा जनचेतना जगाउन साताब्यापी कार्यक्रम हुने

काठमाडौं–बैशाख १५ । श्रम विभागअन्तर्गतको व्यावसायिक सुरक्षा तथा स्वास्थ्य सम्बन्धी आयोजनाले कार्यस्थलमा तनावः सामूहिक चुनौती भन्ने नाराका साथ साताब्यापी जनचेतनामूलक कार्यक्रम गर्ने भएको छ ।
उद्योग, कलकारखानका काममा आवद्ध श्रमिकको स्वास्थ्य र सुरक्षाबारे जनचेतना जगाउने उद्धेश्यले बैशाख १६ देखि २२ गतेसम्म बिभिन्न कार्यक्रम गरिने आयोजनाका प्रमूख बरुण कुमार झाले जानकारी दिनुभयो ।

२०५७ सालदेखि हरेक बर्ष सप्ताहब्यापी कार्यक्रम गर्दै आएकोमा यस बर्षपनि प्रभातफेरी, औद्योगिक क्षेत्रमा मजदुर सुरक्षाबारे पोष्टर बितरण, रक्तदान कार्यक्रम, ट्रेड यूनियन संस्थाहरुसँग छलफल, निःशुल्क स्वास्थ्य शिविर लगायतका कार्यक्रम गरिने जानकारी दिइएको छ ।

Published On:  421पटक हेरिएको

तपाईको प्रतिक्रिया