काठमाडौं–बैशाख १५ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको सरकार बहुमतमा भएकाले आफूहरूले शसक्त प्रतिपक्ष कै भूमिका निर्वाह गर्ने बताउनुभएको छ ।
पत्नी आरजु देउवाको उपचारका लागि भारत जानु भएका देउवाले आजे स्वेदश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसंग ठूलो पार्टी भन्दैमा बहुमतमा भएको सरकारलाई जबरजस्ती गर्न नमिल्ने बताउनुभएको हो । सभापति देउवाले पार्टीमा मनोनित गर्न बाँकी पदाधिकारीलाई छिट्टै नियुक्ति गरिने जानकारी दिनुभयो ।
देउवाले भूकम्प पीडितको सवालमा ठूला दलहरू एक भएर लाग्ने पनि बताउनुभयो । भारत बसाइका क्रममा देउवाले सामान्य राजनीतिक भेटवार्ता पनि गर्नुभएको थियो ।