तिब्रताका साथ पुननिर्माण सम्पन्न गर्न सबैको साथ आवश्यक : प्रधानमन्त्री ओली

vlcsnap-2016-04-27-17h47m43s222काठमाडौं–बैशाख १५ । प्रधानमन्त्री केपीशर्मा ओलीले तीब्रताका साथ पुनर्निर्माणको काम गर्नुपर्ने यथार्थलाई बुझेर साथ र साहयोग गर्न सबैलाई आह्वान गर्नुभएको छ ।
काठमाडौंमा बुधबार आवास पुनर्निर्माणसम्बन्धी आधारभूत तालिम समापन समारोहमा प्रधानमन्त्री ओलीले तीब्रताका साथ पुनर्निर्माणको काम सम्पन्न गर्नु अहिलेको आवश्यकता भएको भन्दै एकजुट भएर लाग्नुपर्ने बताउनुभएको हो । जनता नजागेसम्म विकास नहुने भन्दै उहाँले देश बनाउन सम्पूर्ण नागरिक जाग्नुपर्ने आवश्यकता औल्याउनुभयो । vlcsnap-2016-04-27-17h47m11s640

सरकारको आलोचना गरेर मात्र देश अगाडि बढ्न नसक्ने भन्दैै प्रधानमन्त्री ओलीले पुनर्निर्माणका लागि कुन दलले कति स्वयम्सेवक खटाउने भन्ने कुरामा प्रतिष्पर्धा गर्न दलका नेतालाई आग्रह गर्नुभयो । देशप्रतिको कर्तव्य सम्झेर पुनर्निर्माणमा खटिन इन्जिनियरहरूलाई निर्देशन दिनुभएका प्रधानमन्त्री ओलीले नेपालको पुननिर्माणको दायीत्वबाट कोही पन्छिन नहुँने बताउनुभएको थियो ।

vlcsnap-2016-04-27-17h48m09s945कार्यक्रममा पुनर्निर्माण प्रााधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले प्रकृति र संस्कृति सुहाउँदो आवास निर्माण गर्न मातहतका अधिकारि तथा निर्माण पक्षलाई निर्देशन दिनुभयो । सरकारले आवास पुनर्निर्माणका लागि भूकम्प प्रभावित जिल्लामा १३ सय ४६ इन्जिनियरलाई खटाएको छ । भूकम्पप्रभावित क्षेत्रमा जानुअघि छनौट भएका इन्जिनियरलाई दुईदिने अभिमुखि तालिम दिइएको थियो ।

सरकारले तयार गरेको मापदण्ड अनुसार प्रभावित क्षेत्रमा आवास निर्माणको काम सम्पन्न हुने बताइएको छ ।

Published On:  359पटक हेरिएको

तपाईको प्रतिक्रिया