ईपीएस आवेदन खुल्ला

vlcsnap-2016-04-27-17h34m30s309काठमाडौं–बैशाख १५ । आउँदो असार ४ र ५ गते हुने सातौं कोरियन भाषा परीक्षाका लागि आवेदन खुल्ला भएको छ ।

कोरिया शाखाले बुधबारबाट खुल्ला भएको आवेदन बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म दिन सकिने व्यवस्था मिलाएको जानकारि दिएको छ । आवेदकले आजदेखि बैशाख १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।vlcsnap-2016-04-27-17h34m16s152

काठमाडौं उपत्यकामा ललितपुरको च्यासल फुटबल खेल मैदान, महेन्द्र आदर्श विद्याश्रम सातदोबाटो, काठमाडौं भ्याली उच्च मावि महाराजगञ्ज, ल्याबरोटरी उच्च मावि कीर्तिपुर,  र नेपाल वेद विद्याश्रम संस्कृत मावि गौशालामा आवेदन फारम भर्न सकिनेछ । vlcsnap-2016-04-27-17h35m02s183

यस्तै, आवेदकको सुविधाका लागि काठमाडौं बाहिर धरान, बुटवल, पोखरा, डडेल्धुरा र जनकपुरमा समेत ईपीएस भाषा परिक्षाका परीक्षार्थीले आवेदन दिन सक्नेछन ।

तपाईको प्रतिक्रिया