एकै परिवारका ४ को हत्या, अनुसन्धान जारी

सल्यान–बैशाख १५ । सल्यानमा एकै परिवारका चारजनाको हत्या भएको छ । गएराती छायाँक्षेत्र गाउँ विकास समिति वडा न ९ राना गाउँमा चारजनाको सामुहिक हत्या भएको अवस्थामा सब भेटिएको हो ।
रानागाउँका रमेश खान ठकुरीकी २३ वर्षिया श्रीमती सीता खान ठकुरी, ३ वर्षिया छोरी पवित्रा खान ठकुरी, १ वर्षिया सविता खान ठकुरी र दिदिको घरमा आएकी शारदा नगरपालिका वडा न १० मार्केकी १८ वर्षिया गीता गिरीको हत्या भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख श्याम बहादुर क्षेत्रीले जानकारी दिनु भयो ।
विहानसम्म पनि घरमा कोहीपनि बाहिर नदेखिएपछि छिमेकीहरु घरपुग्दा चार जनालाई मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । हत्या कसले र किन गरेको भन्ने बारेमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

तपाईको प्रतिक्रिया