सिंघानिया हत्या प्रकरणमा धनुषा जिल्ला अदालतको फैशला

pधनुषा–बैशाख १४ । धनुषा जिल्ला अदालतले सञ्चारउद्यमी अरुण सिंघानियाँको हत्याप्रकरणमा संलग्न दुई अभियुक्तलाई पूपक्र्षका लागि थुनामा राख्न र तीनजनालाई धरौटीमा छाड आदेश दिएको छ ।

सिंघानियाँ हत्या प्रकरणमा प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रही अघिल्लो महिना पक्राउ परेका चन्द्रदीप यादव र योगेन्द्र सहनीलाई न्यायाधीश राजेन्द्रप्रसाद आचार्यको इजलासले पूपक्र्षका लागि थुनामा राख्न आदेश दिएको हो । घटनाको जिम्मेवारी लिएका मुकेश चौधरीलाई २० रुपैयाँ वा एक दिन बराबर कैद भुक्तान गर्न सजाय सुनाइएको छ । यस्तै निलम्बित सांसद् सञ्जय साहका सहयोगी भनिएका ओमप्रकाश यादवलाई २ लाख नगद वा धरौटी तारेखमा रिहा गर्न भनिएको छ । चौधरी र यादव जनकपुरको रमानन्द चोकमा पाँच जनाको ज्यानजाने गरी गराइएको विष्फोटको अभियुक्त हुुन् । pp

अदालतले धरौटीमा रिहा गर्न आदेश गरेपनि दुवैजनालाई रमानन्द चोक विष्फोट प्रकरणमा कारागार चलान नै गरिनेछ । अदालतले रामकरण यादवलाई ५० हजार नगद धरौटी राख्न आदेश गरेको हो । सञ्चारउद्यमी सिंघानियाकै मुद्दामा फरार रहेको भनिएका अभियुक्तहरु राम विनोद यादव, मनक लामा, जितेन्द्र कुश्यैत लगायतको खोजी कार्य तीब्र गरी बयानको लागि अदालतमा पेश गर्न आदेश दिएको छ ।

यही मुद्दामा प्रमुख अभियुक्त बनाइएका निलम्बित सांसद् साहको हकमा अदालतले बयान दिन सामथ्र्य भएपछि अदालतमा उपस्थित गराउन यसअघि नै आदेश दिइसकेको छ ।

तपाईको प्रतिक्रिया