बजेट अधिवेशन वैशाख २१ मा, सशस्त्र प्रहरीको महानिरीक्षकमा दुर्ज कुमार राई

काठमाडौ–बैशाख १४ । सरकारले व्यवास्थापिका संसदको बजेट अधिवेशन आगामी वैशाख २१ गते बोलाउने भएको छ । vlcsnap-2016-04-19-21h23m37s044
मंगलबारको मन्त्रिपरिषद बैठकले बैशाख २१ गते बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिश गर्ने निर्णय गरेको हो ।यस्तै मन्त्रिपरिषदले सशस्त्र प्रहरी बलको रिक्त महानिरीक्षक पदमा कायम मुकायम महानिरीक्षक दुर्ज कुमार राईलाई बढुवा गर्ने निर्णय गरेको छ ।

सरकारले कही सहसचिवहरुको सरुवा तथा पदस्थापन गर्ने निर्णय गरेको छ । बैठकले गोरखापत्र प्रकाशनको सम्झनामा सिक्का निकाल्न राष्ट्र बैंकलाई स्वीकृति प्रदान गरेको छ । मन्त्रिपरिषदले गरिब घरपरिवार पहिचान तथा परिचय पत्र वितरण समन्वय बोर्डको कार्यकारी उपाध्यक्षमा जनकलाल तिवारीलाई नियुक्त गरेको छ ।सरकारका प्रवक्ता समेत रहनुभएका सूचना तथा सञ्चारप्रविधि मन्त्री शेरधन राईले झुठो विवरण पेस गरी नागरिकता लिएका तीन भारतीय नागरिकहरु महेन्द्र कुमार मिश्र, अनिल कुमार मिश्र र सतिश कुमार मिश्रको नागरिकता रद्द गर्ने निर्णय गरेको पनि जानकारी दिनुभयो ।यी तीनै जना भारतीय नागरिकले रुपन्देही जिल्लाबाट असंबैधानिक तरिकामा नागरिकता लिएको भेटिएको छ ।

Published On:  312पटक हेरिएको

तपाईको प्रतिक्रिया