स्वास्थ्य सेवा सुधारका लागि विशेष नीति आउँदै

काठमाडौँ–बैशाख १४ । स्वास्थ्य मन्त्रालयले विपद्को समयमा स्वास्थ्यसेवालाई प्रभावकारी बनाउन भन्दै विशेष नीति बनाई कार्यान्वयनमा ल्याउन लागेको जनाएको छ ।ministry-of-health.-e1425283949405

‘गोरखा भूकम्प’ले स्वास्थ्य सेवामा ठूलो असर गरेको भन्दै मन्त्रालयले आगामी विपद्को पूर्वतयारी बारे कार्यक्रम तथा नीति नियम ल्याउन लागेको छ । चिकित्सक, औषधि, उपकरणमा भूकम्पबाट पारेको असरलाई ध्यानमा राखेर जुनसुकै विपद्को सामना गर्नै गरि स्वास्थ्य सेवा तयारी अवस्थामा राख्ने गृहकार्य थालनी भएको मन्त्रालयको धारणा छ । विश्व स्वास्थ्य सङ्गठनको आर्थिक एवम् प्राविधिक सहयोगमा मन्त्रालय, हेल्थ केयर, गैरसरकारी अस्पताल, सङ्घ संस्था तथा हेल्थकेयर फाउन्डेसन र टिजेडयु ची फाउन्डेसनले संयुक्त रुपमा कार्यक्रम गरि ‘तयारी र सचेतनाको आवश्यकता औल्याएका हुन ।

कार्यक्रममा स्वास्थ्यमन्त्री रामजनम चौधरीले गत बर्षको बैशाखको भूकम्पको अनुभवलाई ध्यान दिई मन्त्रालयले विपद्का समयमा स्वास्थ्य सेवा प्रभावकारी रुपमा प्रदान गर्नका लागि तयारी थालेको जानकारी दिनुभयो । चिकित्सक, औषधि र उपकरण अभाव हुन नदिई भूकम्पको समयमा निःशुल्क सेवा प्रदान गरेको भन्दै मन्त्री चौधरीले भूकम्प प्रभावितलाई स्वास्थ्य सेवामा कमी हुन नदिन सबै स्वास्थ्य प्रदायक संस्थामा निर्देशन दिएको बताउनुभयो । फोरम लोकतान्त्रिकका नेता समेत रहनुभएका मन्त्री चौधरीले अहिलेको समय सरकार गिराउने र नयाँ बनाउने नभई  भूकम्पको पुनःनिर्माणमा जुट्ने समय भएको भन्दै सबै सचेत र जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभएको थियो ।
हेल्थ केयर फाउन्डेसनका अध्यक्ष कृष्णप्रसाद आचार्यले भूकम्पपछि फाउन्डेसनले भूकम्प प्रभावित जिल्लामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको जानकारी दिदै स्वास्थ्य क्षेत्रमा सधै योगदान दिन तयार रहेको बताउनुभयो । कार्यक्रममा विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि डा जोसभेन्डेलरले गोरखाभूकम्पपछि घाइतेको खोज, उद्धार तथा उपचारमा नेपाली स्वास्थ्य संस्थाले गरेको काम सकारात्मक भएको भन्दै आगामी दिनका लागि  तयारी रहन सचेत गराउनुभएको थियो ।

तपाईको प्रतिक्रिया