असारभित्रै भूकम्पपीडितलाई घर : प्रधानमन्त्री ओली

काठमाडौँ–बैशाख १४ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपीडित जनतालाई आगामी असारभित्रै छानामुनि ल्याइसक्ने दाबी गर्नुभएको छ । vlcsnap-2016-04-26-14h12m43s147

नेपाली काँग्रेसका सांसदले  भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणमा भएको ढिलाइ बारे बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले भूकम्पपीडित जनताको उचित व्यवस्थापनका लागि सरकार गम्भिर रहेको र चाडै वासको व्यवस्था गरिने बताउनुभएको हो । कोइराला सरकारको पालामा दातृ निकायको सहयोग परिचालन गर्न भएको सहमति अनुसार नै पुनःनिर्माणको प्रक्रिया अघि बढेको भन्दै दलीय सहमतिकै आधारमा जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । vlcsnap-2016-04-26-14h13m36s188सरकारको नेतृत्वमा जो रहे पनि सहमति र सहकार्यका साथ अघि बढनु जरुरी रहेको बताउँदै प्रधानमन्त्री ओलीले कसैका केही जायज माग भए आवश्यकतानुसार संशोधन प्रक्रियाबाट सम्बोधन गर्न सकिने बताउनुभयो । प्रधानमन्त्री ओलीले मुलुकमा देखिएको कृत्रिम अभावको गुनासोप्रति आफू गम्भीर रहेको र नियन्त्रण प्रयास भइरहेको बताउनुभएको थियो ।
काँग्रेसका तर्फबाट सांसद धनराज गुरुङले ज्ञापनपत्र बुझाउँदै भूकम्पपीडितलाई दिइने राहत र पुनःनिर्माणमा सरकार उदासीन देखिएको आरोप लगाउनु भएको थियो । सरकार कामभन्दा बोलीमा रमाएको भन्दै  पुनःनिर्माण महाअभियान र मेरो धरहरा म आफैँ बनाउँछु भन्ने नाराले मात्रै देशले अहिलेको जटिलताको निकास नपाउने बताउनुभयो । काँग्रेसले भूकम्पपीडितलाई दिइने घोषित राहत किस्ताबन्दीमा नभई एक मुष्ट रुपमा त्यो पनि एक महिनाभित्र उपलब्ध गराउन माग गरेको छ । वितरणलाई सरल र सहज बनाउन इ–बैंकिङ प्रणाली अपनाउन सरकारलाई सुझाब दिएको छ । घर बनाउने क्रममा पीडित परिवारलाई निःशुल्क नक्सा पासको व्यवस्था गर्न माग गरिएको छ ।

प्रतिनिधिमण्डलमा सांसद तारामान गुरुङ, दीपक गिरी, मोहनप्रसाद बराल, भरतबहादुर खड्का, पार्वता डिसी चौधरी, रामेश्वरप्रसाद ढुङ्गेल, चन्द्र महर्जन, राजेन्द्रकुमार केसी, रामहरि खतिवडा, दीपकप्रसाद कुइँकेल, बहादुरसिंह लामा, दीपक खड्का, शङ्कर भण्डारी, उदयशम्शेर राणा, भीमसेनदास प्रधान, मदनबहादुर आमात्य, कमला पन्त, इन्द्रबहादुर बानियाँ, दिलमान पाख्रिन र मोहनबहादुर बस्नेत लगायतका सांसदहरु सहभागी थिए ।

तपाईको प्रतिक्रिया