भक्तपुर–बैशाख १३ । नेपाल क्षयरोग निवारण संस्था जिल्ला शाखा भक्तपुरले मध्यपुर थिमि नगरक्षेत्रलाई क्षयरोग मुक्त नगर बनाउने अभियानको थालनी गरेको छ ।
मध्यपुर थिमि नगरपालिकासँगको सहकार्यमा सुरु भएको अभियान क्षयरोगसम्बन्धी अभिमुखीकरणसँगै विभिन्न सचेतना कार्यक्रम सहित निरन्तर रहने बताइएको छ । संस्थाका सभापति बाबुकाजी साछं श्रेष्ठ, मध्यपुर थिमि नगरपालिकाका सामुदायिक विकास अधिकृत तुल्सी तको लगायतले अभियान सबैको साझा भएको भन्दै सबैको सहकार्यमा निरन्तर रहने बताएका थिए ।
अभियानसँगै स्थानीयलाई गरपालिकाले स्वास्थ्य बिमा कार्यक्रममा समेत सहभागी गराउने बताइएको छ । नगरपालिका क्षेत्रमा लुकेर रहेका क्षयरोगीको खोजी गरिने र रोगको रोकथाम र उपचारमा विशेष चासो दिइने आयोजकको दाबी छ ।