डढेलोले खायो हरियो वन

बर्दिया–वैशाख १३ । बर्दियाको साइपुरस्थित खाता इलाकामा पर्ने सामुदायिक वनमा डढेलो लाग्दा झन्डै पाँच सय हेक्टर बढी वन सखाप भएको छ । dadelo
आगोलागीबाट वनमा रहेका काठ, दाउरा, खर, पालपतिङ्गर जलेर नष्ट हुँदा १५ लाख बढीको क्षति भएको जिल्ला वन कार्यालय बर्दियाले जनाएको छ । यति ठूलो क्षेत्रमा भएको आगलागी यस क्षेत्रका विभिन्न वन्यजन्तु समेत समस्यामा परेका छन् ।

आगलागी दमकलसहित जिल्ला वन, वसन्ता इलाका वन कार्यालय, नेपाली सेना, नेपाल प्रहरी, वनरक्षक, अग्नि नियन्त्रकका कर्मचारीसँगै स्थानीय बासिन्दा समेत परिचालित गरेर एक दिनपछि मात्रै नियन्त्रणमा आएको थियो । बर्दियामा अहिलेसम्म विभिन्न सामुदायिक वन गरी एक हजार हेक्टर बढी बन क्षेत्र डढेलोले सखाप पारेको जिल्ला वन कार्यालयले जानकारी दिएको छ ।
हावाहुरीका साथै लामो समयदेखि पानी नपरेका कारण मध्यवर्ती क्षेत्र, राष्ट्रिय निकुञ्ज, सामुदायिक वन लगायतको क्षेत्रमा आगलागीको घटनासँगै त्रास बढेको छ ।

तपाईको प्रतिक्रिया