डोटी–बैशाख १३ । डोटीको कुलपातेमा सोमबार एक जना व्यक्तिको सब भेट्टिएको छ । मृतक भारतको हिमाञ्चल प्रदेशको काँकडा जिल्लाका स्थायी वासीन्दा रहेको इलाका प्रहरी कार्यालय दीपायलले जनाएको छ ।
जगदीश नाम गरेका ती व्यक्ति डोटीमा खोटो सङ्कलनको काम गर्दै आएको भद्रकाली रोजीन कम्पनीका कर्मचारी भएको प्रहरीले जनाएको छ । मृतक जगदीश दीपायलमा रहेको ट्राफिक प्रहरी कार्यालय आडैमा रहेको घरमा बसेका र राति पिसाब गर्न बाहिर जाने क्रममा जङ्गली जनावरको आक्रमणबाट मारेको प्रहरीको प्ररम्भिक अनुमान छ ।
शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । शव जिल्ला अस्पताल सिलगढीमा परिक्षण गरि नीजका आफन्तलाई जिम्मा लगाइने प्रहरीले जानकारी दिएको छ ।