खेलकुद क्षेत्रको पुनर्निर्माण अलपत्र

काठमाडौं–बैशाख । ०७२ वैशाख १२ को विनासकारी भूकम्पले देशको सबै क्षेत्रमा असर गर्यो । भूकम्पबाट खेलकुद क्षेत्र पनि अछुतो रहेन । vlcsnap-2016-04-24-20h35m06s586

नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको रंगशाला र देशका अन्य विभिन्न खेलकुद संरचनाहरू भूकम्पका कारण ध्वस्त भएको एक बर्ष पुरा भयो । तर यतिको समय व्यतित हुदा समेत  भौतिक संरचना निर्माण नभएपछि नेपाली खेलाडीले समस्या ब्यहोर्नु परेको छ । राष्ट्रिय खेलकुद परिषद् भौतिक संरचना पुनःनिर्माण व्यवस्थित तरिकाले गर्नु पर्ने भएका कारण ढिलाई भएको भन्दै सरकारको ढिलाइको बचाउ गरिरहेको छ ।

१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग नेपालले आयोजना गर्दै छ । तर भूकम्पपछिको पुनःनिर्माणमै अल्झिएको र राखेप । दक्ष जनशक्तिको कमी र पर्याप्त बजेट निकासा नहुदा समस्या भएको बताउने राखेप सदस्य सचिव केशवकुमार विष्ट आउने आर्थिक बर्षमा भौतिक संचरना पुननिर्माणको टेन्डर आह्वानमा गरेर तिब्रत्तर रुपमा निर्माण र पुनःनिर्माणको काम गर्ने बताउछन ।vlcsnap-2016-04-24-20h34m32s606

हुन त, राष्ट्रिय खेलकुद परिषद्ले सार्वजनिक गरेको प्रतिबेदनअनुसार भूकम्पले करिब एक अरब ७९ करोड बराबरको खेलकुदका भौतिक संरचनामा क्षति पुगेको तथ्याङ्क छ । खेलकुदको राजधानी मानिने दशरथ रंशगालाको साधारण प्याराफिट र भिआईपी प्याराफिटमा क्षति पुगेपछि अहिले सम्म सञ्चालनमा आएको छैन । रंगशालाको विकल्प नहुँदा अन्तराष्ट्रिय राष्ट्रिय खेलकुद गतिविधिहरू ठप्प रहेको छ । राखेप भने अबको सात आठ महिनामा रंगशाला पहिलेकै जस्तो हुने दाबी गरिरहेको छ ।

अहिले भूकम्पले क्षति पु¥याएको भौतिक संरचना पुन निर्माण गर्नका लागि राखेपलाई ठुलै चुनौति छ । खेलकुद सबै वर्ग र समूदायलाई एकाकार गर्ने कडि भएका कारण भौतिक संरचना पुनः निर्माण लगायत यसको सुधारमा सम्बन्धित सबै पक्ष लागिपर्नुपर्छ ।

Published On:  369पटक हेरिएको

तपाईको प्रतिक्रिया