राष्ट्र बैंकले थाल्यो बजेट बहस

काठमाडौं–बैशाख । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको बजेटमा समावेश गर्नुपर्ने विषयवस्तुका बारेमा सरोकारवाला निकायसँग परामर्श शुरु गरेको छ । vlcsnap-2016-04-24-19h47m41s317

काठमाडौमा आइतबार केन्द्रीय बैंकले एक कार्यक्रम गरि निजी क्षेत्रका विभिन्न संघ संस्था, बैक तथा वित्तिय संस्थाका अधिकारीहरुको सहभागितामा बजेट बहसको थालनी गरेको हो । कार्यक्रममा निजी क्षेत्रका संस्थाका प्रतिनिधिहरुले विभिन्न ऐन नियममा रहेका केही प्रावधानले समस्या आएको भन्दै ध्यानाकर्षण सहितको सुझाव दिएका थिए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले भूकम्पका कारण समस्यामा रहेका उद्योगलाई विशेष सुविधा प्रदान गर्नेगरी बजेट आउनुपर्ने बताउनुभएको थियो ।

जवाफमा नेपाल राष्ट्र बैकका गभर्नर डाक्टर चिरञ्जीवी नेपालले हरेक आर्थिक वर्षको बजेट आउनुपूर्व सरोकारवाला निकायसँग राष्ट्र बैंकले छलफल गर्नुपर्ने कानुनी प्रावधान रहेको भन्दै सबैका सुझाव सरकारलाई दिइने र त्यही अनुसारको बजेट आउनेतर्फ आसावादी हुन आग्रह गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया