५५ जना महिला उद्यमी सम्मानित

काठमाडौं–बैशाख १२ । उद्योग मन्त्रालयले ५५ महिला उद्यमीलाई सम्मान गरेको छ ।vlcsnap-2016-04-24-19h42m38s458

काठमाडौंमा आइतबार भएको कार्यक्रममा उद्योग मन्त्रालयले ७५ जिल्लाबाट छनौट भएका ५५ उत्कृष्ट महिला उद्यमीलाई सम्मान गरेको हो । महिला उद्यमीलाई सम्मान गर्दै उद्योगमन्त्री सोमप्रसाद पाण्डेले महिला र पुरुषको समान सहभागिता नभएसम्म देशको विकास हुन नसक्ने बताउनुभयो । उहाँले महिलाको समान अधिकार नीति नियममा लेखेर मात्र नहुने भन्दै यसका लागि महिलाहरू पनि आर्थिक रूपले सबल हुनुपर्ने बताउनुभयो ।vlcsnap-2016-04-24-19h44m21s576

कार्यक्रममा सम्मानित हुने महिला उद्यमीहरूले उद्यमका लागि सरकारले उचित व्यवस्था गर्न नसक्दा यस क्षेत्रमा त्यतिको महिलाहरू आउन नसकेको गुनासो गरेका थिए

तपाईको प्रतिक्रिया