काठमाडौं–बैशाख १२ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अपेक्षा अनुसार काम गर्न नसकेको बताउनुभएको छ ।
भूकम्प गएको १ बर्षको अवसरमा आयोग परिसरमा भूकम्प २०७२ र मानव अधिकार बिषयक पुस्तक सार्बजनिक गर्दै उहाले प्रभावितका लागि सोचेअनुरुप काम नभएको बताउनुभएको हो । भूकम्पका बेला राहत लिन पूरुष अघि सरेका कारण महिला, गर्भवति, अपाङ्ग, जेष्ठ नागरिकहरु पछाडी परेको उल्लेख गर्दै राहत, पूर्ननिमार्ण र पूर्नस्थापनामा जवाफदेहिता र पारदर्शी ढंगले काम गर्न आग्रह गर्नुभयो ।
सार्वजनिक पुस्तकमा भुकम्प प्रभावित क्षेत्रमा भूकम्प र राहत बितरणका अबस्थामा मानवअधिकारको अनुगमन र सो क्रमका घटनालाई बिश्लेष्ण गरिएको छ ।