सेनाको मन, अवालले पाउने भए नि:शूल्क उच्च शिक्षा

काठमाडौं–बैशाख १२ । बैशाख १२ को विनाशकारी भूकम्पमा जीवितै उद्धार गरिएका सोनिस अवाललाई नेपाली सेनाले शैक्षिकवृत्ति उपलब्ध गराउने भएको छ ।vlcsnap-2016-04-24-19h46m43s070

काठमाडौंमा आइतबार भएको कार्यक्रममा प्रधानसेनापति राजेन्द्र क्षत्रीले सोनिसलाई शैक्षिक वृत्ति उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । उहाँले भूकम्पमा परि लामो समयपछि जीवितै उद्धार गरिएका अवाललाई शैक्षिक वृत्ति प्रदान गर्न पाउँदा नेपाली सेनाले गौरव महसुस गरेको बताउनुभयो । सेनाको घोषणा अनुुसार कक्षा ५ सम्मको शिक्षा अभिभावकले व्यवस्था गरेको विद्यालयमा हुने भएपनि आवश्यक रकम, पाठ्यपुस्तक तथा निर्वाह खर्च नेपाली सेनाले उपलब्ध गराउने छ ।

कक्षा ६ देखि स्नातक तहसम्मको शिक्षा सोनिसले भक्तपुर सल्लाघारीस्थित सैनिक आवासिय महाविद्यालयबाट निःशुल्क पाउनेछन् । गत बैशाख १२ को भूकम्पको समयमा घरको भग्नावशेषमा परेका भक्तपुर मुलढोका निवासी श्याम अवालका सुपुत्र सोनिस अवाललाई नेपाली सेनाले २२ घण्टापछि जीवितै उद्धार गरेको थियो ।

तपाईको प्रतिक्रिया