काठमाडौं–बैशाख १२ । पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति अभियानका संयोजक डा.बाबुराम भट्टराईले सरकारले भुकम्प गएको एक वर्षसम्म पुर्ननिर्माणको काम थालनी समेत नगर्नु लाचरीपन भएको आरोप लगाउनुभएको छ ।
काठमाडौमा आइतबार भएको एक कार्यक्रममा बोल्दै भट्टराईले पुर्ननिर्माण प्राधिकरणलाई समानान्तर सरकारका रुपमा गठन नगरि कर्मचारीको जिम्मा लगाएर आफ्नो लाचारी प्रकट गरेको आरोप सरकारलाई लगाउनुभएको हो । उहाँले भुकम्प गएको १ वर्ष बितिसक्दासमेत पुर्ननिर्माणले गति नलिदा देश हाइटी बन्ने खतरा बढेको बताउनुभयो ।
सबै राजनीतिक दल र सरोकारवाला मिलेर पुर्ननिर्माण कामलाई तिव्रता दिनुपर्ने दाबी गर्दै भट्टराइले पुर्ननिर्माणको कामलाई बेवास्था गरिए दाताले दिएको रकम समेत खर्च नहुने र फिर्ता जाने आशंका बढेको बताउनुभयो ।