काठमाडौं–बैशाख १२ । गत वर्षको विनाशकारी भूकम्पमा परी दिवंगत भएकाहरूको सम्झना गर्दै श्रद्धाञ्जली अर्पण गरिएको छ ।
काठमाडौंको सुन्धारास्थित धरहराको भग्नावशेषमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरि मृत आत्माको सम्झना गरिएको हो ।कार्यक्रममा प्रधानमन्त्री, उपप्रधानमन्त्रीहरू, मन्त्रीगढ, सुरक्षा निकायका प्रमुखहरू, कुटनीतिक नियोगका प्रमुखहरू, सरकारी उच्चपदस्थ अधिकारी र सर्वसाधारणले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
भूकम्प गएको एक वर्ष पूरा भएपनि अहिलेसम्म पुनर्निर्माणको काम सुरु हुन नसक्दा पीडित सर्वसाधारण समस्यामा छन् । पीडितहरू बर्खायाम सुरु हुन लाग्दा समेत खुला अकाशमुनि बस्न बाध्य छन् ।