खाजा कार्यक्रमले अधिकांश बालबालिका विद्यालयमा

चितवन–वैशाख ११। जिल्ला शिक्षा कर्याालय चितवनको तथ्यांकले चितवनमा रहेका डेढ लाख विद्यार्थी मध्ये शून्य दशमलव ८२ प्रतिशत बालबालिका मात्रै विद्यालय बाहिर रहेको देखाएको छ ।
जिल्ला शिक्षा कार्यालयले जिल्लामा ९९ दशमलव १८ प्रतिशत भर्ना दर रहेको भन्दै भर्ना अभियान शतप्रतिशत सफल भएको जनाएको हो । सबै विद्यार्थी भर्ना भए पनि बालबालिका विद्यालय छाड्ने क्रम बढेकोमा सरकारले ल्याएको खाजा कार्यक्रम प्रभावकारी भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । खाजा कार्यक्रमले विद्यार्थी नियमितजसो आउने गरेको चितवनस्थित विद्यालयका शिक्षक शिक्षिकाहरुले बताएका छन् ।
जिल्लामा चालु शैक्षिक वर्षमा कुल ९७ विद्यालयलाई खाजा कार्यक्रममा सहभागी गराइएको छ । ती विद्यालयका सात हजार ७सय ७६ जना विद्यार्थीलाई खाजा उपलब्ध गराउन थालिएको र प्रति विद्यार्थी १२ रुपैयाँका दरले खाजा रकम निकासा भएको सरकारी तथ्यांक छ । खाजा कार्यक्रमका लागि तीन करोड भन्दा बढीको बजेट चितवनमा निकासा भएको छ । चितवनको– ८ गाविस र शक्तिखोर, माडी र मेघौलीका केही क्षेत्रमा खाजा कार्यक्रम चलाइएको शिक्षा कार्यालयले जानकारी दिएको छ ।
विद्यालय जाने उमेर पुगेका चितवनका विपन्न समूदायका बालबालिकालाई विद्यालयमा केन्द्रित गर्न र शिक्षाको दायरा बढाउन कार्यक्रम चलाइएको हो । यो अभियानबाट चेपाङ परिवारका बालबालिका बढि प्रभावित भएका छन । जिल्लामा निजीसहित ५ सय ५० विद्यालयमा हाल डेढ लाख विद्यार्थी अध्ययन गरिरहेको तथ्यांक छ ।

Published On:  497पटक हेरिएको

तपाईको प्रतिक्रिया